stcnepal long ad
ime life insurance
national life
global ime bank long

आयल निगममा ईआरपी प्रणाली

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल आयल निगमले आगामी शुक्रबारदेखि आफ्ना सबै कार्यालयमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्ने भएको छ । म्यानुअल रुपमा रहेको कामलाई डिजिटलाइज गर्नका लागि निगमले वैशाख ३ गतेदेखि सो प्रणाली लागू गर्न लागेको हो ।

वैशाखदेखि परीक्षणका रुपमा ईआरपी प्रणाली सुरु गरिने र असारदेखि पूर्णरुपमा सबै कार्यालयमा लागू गरिने निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए । लेखा प्रणाली, प्रशासनको काम सबैलाई एकीकृत रुपमा लैजान सो प्रणाली सुरु गर्न लागिएको प्रवक्ता उपाध्यायको भनाइ छ ।

ईआरपी जडान भइसकेपछि लेखा प्रणालीअन्र्तगतको झन्झटिला काम, लेजर पोष्टिङ गर्ने काम, सफ्टवेयरमार्फत गरिरहेका कामलाई विस्थापित गरेर ईआरपीमार्फत एकद्वार प्रणालीबाट काम हुने उनको भनाइ छ ।

यसले निगमको काम छिटो छरितो हुनुका साथै जनशक्ति पनि कम लाग्नेछ । निगमको ट्यांकरमा हुने गुणस्तर, चोरी, मिसावटलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । पेट्रोलियम पदार्थको ढुवानीका क्रममा हुने चुहावट तथा प्राविधिक नोक्सानीलाई न्यूनीकरण गर्न पनि निगमले ईआरपी प्रणालीबाट काम गर्ने भएको हो । जुन प्रणाली सफ्टवेयरमार्फत स्वचालित प्रणाली हो । निगमका सम्पूर्ण कार्यहरूलाई विद्युतीय (डिजिटलाइज) प्रणालीमा लगिनेछ ।

ईआरपी प्रणालीबाटै निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउनेछन् । एकै स्थानबाट निरीक्षण र अनुगमन गर्न सहज र निर्देशन हुनेछ ।

२८ करोड रुपैयाँ लागतमा न्यूटेरिक नामक संस्थाले यसको सफ्टवेयर निर्माणलगायतका प्राविधिक काम गरिरहेको छ । यसले तेल खरिद गर्नुअघि एपको माध्ययमबाट भुक्तानी गर्न पनि सहज हुने निगमको भनाइ छ । निगममा भएको कारोबारलाई थप व्यवस्थित बनाउने यस प्रणालीले थप सहज बनाउन सक्छ ।

निगमका अनुसार ईआरपी प्रणालीअन्तर्गत निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरूलाई इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टमबाट जीपीएस प्रणालीमा लैजाने योजना छ । जसले गर्दा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी गर्न सकिने छ ।

ट्यांकरको रुट, समय तथा यात्राको रेकर्ड निगरानी हुनेछ । भारतबाट पेट्रोलियम पदार्थ भरेर नेपाल आउने ट्यांकरलाई पनि यही प्रविधिमा समेटेर निगरानी गरिने छ । ढुवानीमा रहेका ट्याकंरलाई प्रत्यक्ष निगरानी गरिने भएकाले चुहावट र मिसावट नियन्त्रण हुने निगमको भनाइ छ ।

ढुवानी गरेको ट्यांकर अपहरण हुनेदेखि एकल ताला तोड्ने काम व्यवसायीबाट भएपछि बलियो सुरक्षाका रूपमा ईआरपी प्रणाली लागु गरेको निगमले जनाएको छ । दुई वर्षअघि एकल ताला प्रणाली लागू गरेर पुरानो प्रविधिको लिड सिल विस्थापित गरे पनि निगमले पूर्णरुपमा सफलता भने पाउन सकेन ।

ईआरपी प्रणाली विश्वमा अधिकांश इन्धन उत्पादक तथा वितरक कम्पनीले प्रयोग गर्दै आएको विश्वसनीय प्रविधि भएको निगमले जनाएको छ । यसले नेपालको पेट्रोलियम पदार्थको बजार व्यवस्थित गर्ने निगमको दाबी गरिएको छ । आइओसीले पनि ईआरपी प्रणाली लागू गरेको छ । ईआरपी जडानले निगमको खर्च घट्नुका साथै आम्दानीमा वृद्धि हुने दाबी गरिएको छ ।

अनावश्यक खर्च तथा जनशक्तिको व्यवस्थापन हुनेछ । अनलाइनमा काम हुने भएपछि जनशक्तिको आवश्यकता कम हुनेछ । त्यसका लागि निगमले संगठन संरचना र दरबन्दीलाई समयानुकूल पुनरावलोकन गर्ने भएको छ ।

यसबाट प्रशासनभित्रको बेथिति र ढिलासुस्तीको अन्त्य हुने निगमको दाबी छ । पेट्रोल पम्प तथा बिक्रेताले अनलाइनबाट माग र भुक्तानी गर्ने छन् । निगमका दैनिक कारोबार तथा तथ्यांकहरू अनलाइन प्रणालीमा हुनेछ । आजको कारोबार दैनिकबाट

IME Lifesidebar
kumari