stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कर्णाली प्रतिष्ठानमा आगामी वर्षमा एमबीबीएसदेखि एमडीसम्मको पढाई हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जुम्ला । कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो शैक्षिक योजना सार्वजनिक गरेको छ । प्रतिष्ठानले दशंैको पूर्वसन्ध्यामा सरकारले एमबीबीएस विज्ञान पढाउनदेखि उच्च स्तरका जनशक्ति विषयको हालसम्मको काम र आगामी शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले सरकारले ५ सिट स्नाकोत्तर तहको अध्यापनका लागि अनुमति दिएपछि कर्णाली प्रतिष्ठानले विश्वविद्यालय स्तरको मान्यता पाएको भन्दै आगामी शैक्षिक सत्रमा एमबीबीएसको लागि तयारी भईरहेको जानकारी दिनुभयो ।

प्रतिष्ठानले वडा दशैंको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सार्वजनिक गरिएको शैक्षिक प्रतिवेदनमा २०७६ साल पुस १४ गते प्रधानमन्त्री तथा कुलपतिको अध्यक्षतामा बसेको बैठकबाट लक्षित कार्यक्रमहरु एमडि जनरल प्राटिक्स एण्ड ईमरजन्सी मेडिसिन सिट ३, एमडि एनेष्थेसिया एण्ड क्रिटिकल केयर सिट १, एमडि अर्थोपेडिक्स एण्ड ट्रमा सर्जरी सिट १, लगायतका कार्यक्रमहरु अनुमति प्राप्त भएकाले अध्ययन अध्यापनको लक्ष्य रहेको छ । यसैगरी व्याचलर अफ नर्सिङ, व्याचलर फार्मेसी, व्याचलर ईन क्लिनिकल न्यूट्रेसन सञ्चालन गरिँदैछ ।

यसैगरी, बि.सं २०७१ देखि २०७६ सम्म २६४ जना विद्यार्थी आरक्षित सिटमा भर्ना भएका छन् । हाल सम्म ५१८ जनाले स्टाफ नर्स, हेल्थ असिष्टेन्ट, डिप्लोमा फार्मेसी, व्याचलर अव पब्लिक हेल्थ, व्याचलर अफ मिडवाइमा अध्यापन गराएको जानकारी गरिएको छ ।

जसमा स्टाप नर्स २४० जना, हेल्थ असिष्टेन्ट १९२ जना रहेका छन् । भर्ना भएकामध्ये यसैगरी १७४ जना जनशक्ति उत्पादन जनशक्ति रहेको जानकारी गरिएको छ । यसैगरी प्रतिष्ठानले आगामी वर्षदेखि प्रमाणपत्र तहको कक्षा पढाउन कर्णाली प्राविधिक शिक्षालयलाई जिम्मा दिईसकेको र अब प्रतिष्ठानले उच्च तहको अध्यापन गराउने बताईएको छ ।

प्रतिष्ठानको जनशक्तिले कर्णालीभरी माकुराको जालो जस्तै काम गर्न थालेको छ । सो स्तरमा सेवा बढाउने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यहाँ उत्पादित उच्चस्तरका जनशक्तिले देशभरका विभिन्न अस्पतालमा समेत अभ्यास गर्ने छन् । यस्तै अन्तराष्ट्रिय स्तरको स्वास्थ्य संस्थासँग पनि सम्झौता भएको प्रतिष्ठानले बताएको छ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिड १९ मा प्रतिष्ठानले आफ्नो क्षमता प्रर्दशन गरेको दावी गर्नुभयो । उहाँले पिसिआर परीक्षणदेखि विभिन्न जिल्लामा चिकित्सक पठाएर गरेको योगदानमा सरकार र नागरिकको सहयोग, सद्धभावले थप काम गर्ने हौसला दिईरहेको बताउनुभयो । उहाँले अव जसरी पनि एमबीबीएस पठाउने तयारी भईरहेको र सरकारले पूर्णरुपमा अगाडि बढाउने बताउनु भयो ।

यस्तो छ, एमबीबीएसको तयारी ?
कर्णालीमा बहुचर्चाको रुपमा रहेको एम विविएस अध्ययन विषय नतिजामा आउने देखिएको छ । सरकारले अगाडि बढाउन मूल्यांकन समिति गठन गरेको छ । चिकित्सा शिक्षा आयोगले एक टोली गठन अगाडि बढाएको र टोली मूल्यांकनका लागि आउन आतुर भएको प्रतिष्ठानले जनाएको छ ।

अहिले ६२ जना विज्ञहरु एमडिएमएस र एमबीबीएसलगायतका आवश्यक जनशक्ति तयार भईसकेको प्रतिष्ठानले जनाएको छ । जसमध्ये ५२ जना मेडिसिन, बेसिक साईन्स, पब्लिक हेल्थ र फार्मेसी र ७ जना नर्सिङ मिडवाइफ्री गरी हाल प्रोफेसर एक जना, एशोसियट प्रोफेसर ८ जना, एसिष्टेन्ट प्रोफेसर १८ जना, लेक्चर १५ जना, एशोसियट प्रोफेसर, ७ जना नर्सिङ लेक्चर छन् ।

यसैगरी, हाल प्रतिष्ठानको ३ सय सैया संचालन भईरहेको र सरकारले पाँच सय शैयाको लागि रुपियाँ ७ करोड रकम विनियोजन गरिसकेको शिक्षाध्यक्ष थापाले जानकारी दिनुभयो ।

उहाँले प्रतिष्ठानको नौ वर्षको कार्यकालमा अन्य प्रतिष्ठान भन्दा फड्को मार्न सरकारको प्राथमिकतामा परेको भन्दै यस भूमिकामा संचार माध्यम सहित सम्पूर्ण निकायको ठूलो भूमिका रहेको बताउनुभयो । प्रतिष्ठानका विशेषज्ञ डाक्टर सूर्यमान लिम्बुले कर्णाली प्रतिष्ठानले संकटमा पनि ठूलो सेवा दिईरहेको र कोभिड १९ मा सुरक्षा अपनाउन नागरिकलाई अनुरोध गर्नुभयो ।

अनुसन्धानमा जोड
प्रतिष्ठानले अहिले कर्णालीको स्वास्थ्य सेवा र शिक्षाको अनुसन्धानको अध्ययन शुरु गरेको छ । प्रतिष्ठानको शैक्षिक प्रतिवेदनमा अनुसन्धान प्रकाशनका लागि जनरल अफ कर्णाली एकाडेमी अफ हेल्थ साईन्स चौमासिक रुपमा प्रकाशन भईरहेको छ । प्रतिष्ठानले आठ वर्ष अघि नै एक डाक्टर एक संस्थाको अवधारणा अगाडि बढाएको छ । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari