stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रासायनिक मल आउने क्रम जारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

वीरगञ्ज। विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले जनाएको छ ।

चार हजार ५०० मेट्रिक टन पोटासमध्ये आज मात्र ५०० मेट्रिक टन पोटास मल आएकाले सो अभाव समाप्त भएको र दशैँपछिलगत्तै बाँकी रहेको चार हजार मेट्रिक टन पोटास आउने सो कार्यालयका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले  बताए।

तेस्रो मुलुक बेलारुसबाट भारतको वैशाखापटनम बन्दरगाह हुँदै रेलमार्गद्वारा वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आएको सो पोटास वीरगञ्जको मुर्लीचोकस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयमा आएको छ ।

पर्सामा सो कार्यालयले आफ्ना ९५ वटा डिलरमार्फत अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा रु ६७ लाख दुई हजार २०० मूल्य बराबरको २१६.२ मेट्रिक टन पोटास बिक्री गरेको छ ।

बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल दशैँपछि आइपुग्ने प्रादेशिक प्रबन्धक केसीले बताए ।

आयातकर्ताले ठेक्का पाइसकेकाले तोकिएकै अवधिमा सो मल नेपाल आउने बताइएको छ । बङ्गलादेशबाट नेपालका लागि आउने ५० हजार मेट्रिक टन युरियामध्ये पर्साका लागि २५ हजार मेट्रिक टन युरिया मल हुने भएकाले लामो समयदेखि युरिया मलको देखिएको अभाव समाप्त हुने उनले बताए । रासस

prabhu mahalaxmi
kumari