stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

साल्ट ट्रेडिङको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको २५ सय मेट्रिक टन चिनी बुधबार आइपुग्ने भएको छ । सरकारले चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत कम भन्सार दरमा आयात गर्न अनुमति दिएको थियो । सरकारको सो अनुमति अनुसार साल्ट ट्रेडिङले ५० प्रतिशत भन्सार छुटमा चिनी भित्र्याएको हो ।

सरकारले साल्ट ट्रेडिङलाई २० हजार मेट्रिक टन र खाद्य कम्पनीलाई १० हजार मेट्रिक टन आयात गर्न अनुमति दिएको थियो । खाद्य कम्पनीले सो चिनी दशैंपछि मात्र ल्याउन सक्ने बताएको छ भने साल्ट ट्रेडिङले सो चिनी २५ सय मेट्रिक टन बुधबार वीरगञ्जको नाका आइपुग्ने जानकारी दिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रमुख ब्रजेशकुमार झाले बुधबार २५ सय मेट्रिक टन चिनी वीरगन्ज नाका पुग्ने बाँकी चिनी त्यसको केही दिनपछि निरन्तर आउने बताए । विभागीय प्रमुख झाले सरकारले साल्ट ट्रेडिङलाई चिनी आयात गर्न अनुमति ढिला दिएको हुँदा चिनी आयात गर्न केही ढिला भएको बताए ।

झाले भने, ‘चिनीको मौज्दात कम हुने देखिएपछि सरकारलाई गत माघ महिनामा नै चिनी आयातका लागि अनुमति माग गरेका थियौं । तर, सरकारले हामीलाई चिनी आयात गर्ने अनुमति भदौ महिनाको अन्तिममा मात्र दिएको हुँदा चिनी आयातमा ढिला भएको हो ।

यदि सरकारले हामीले आयातको अनुमति माग गरेको समयमा नै चिनी आयात गर्न अनुमति दिएको भए उपभोक्ताले अहिले बजारबाट महँगो चिनी किनेर खानुपर्ने बाध्यता हुने थिएन । उनले भने, ‘पहिलो लटको चिनी बुधबार नेपाल आइपुग्छ । दोस्रोलट भने विजया दशमीसम्म आइपुग्नेछ ।

दसैंको केही दिन बिदा हुने हुँदा बीचमा दुई–चार दिन चिनी आउने छैन नत्र भने अब सरकारले साल्ट ट्रेडिङलाई आयात गर्न दिएको अनुमति अनुसार चिनी निरन्तर आयात हुनेछ ।

विभागीय प्रमुख झाले भने, ‘अहिले हामीसँग धेरै मौज्दात नहुँदा हामीले थोक व्यापारीलाई बिक्री गरेका छौं । खुद्रामा मात्र बिक्री गरिरहेका छौं । २५ सय मेट्रिक टन आइपुग्दा थोक व्यापारीलाई पनि बिक्री गर्नेछौं । साल्ट ट्रेडिङको चिनी आएपछि बजारमा बढेको चिनीको मूल्य पनि घट्ने विभागीय प्रमुख झाको भनाइ छ ।

अहिले खुद्रा बजारबाट प्रतिकेजी चिनी उपभोक्ताले ८५ रुपैयाँदेखि ९५ रुपैयाँ तिरी रहेका छन् । तर, साल्ट ट्रेडिङ बजारमा मूल्य भन्दा प्रतिकेजी १५ देखि २५ रुपैयाँसम्म सस्तो बिक्री गरिरहेको छ ।

साल्ट ट्रेडिङले बजारको मूल्यभन्दा हरेक खाद्यवस्तु सस्तो र गुणस्तरीय बिक्री वितरण गर्दै आएको झाले बताए ।

साल्ट ट्रेडिङ दसैं–तिहार चाडवर्पलाई विशेष छुट गरेर काठमाडौंका विभिन्न पाँच स्थानबाट खाद्य वस्तु बिक्री वितरण गरिरहेको छ । यसैगरी देशका विभिन्न कार्यालयबाटै बाहिरबाट पनि उपभोक्तालाई छुटमा खाद्य वस्तु बिक्री–वितरण गरी रहेको छ ।

विभागीय प्रमुख झाका अनुसार विभिन्न प्रकारका चामलको प्रति बोरामा ५० रुपैयाँदेखि एक सय रुपैयाँ छुट बिक्री वितरण गरिरहेको छ । यसैगरी विभिन्न प्रकारका दाल, गेडागुडी प्रतिकेजी ३ देखि ५ रुपैयाँसम्म छुटमा दिएको छ ।

चिनी प्रतिकेजी ७३ रुपैयाँ बिक्री गर्दै आएको साल्ट ट्रेडिङले अहिले दशैं तिहारका लागि प्रतिकेजी ३ रुपैयाँ छुट गरेर ७० रुपैयाँमा दिएको छ । सोही चिनी अहिले बजारमा ७५ रुपैयाँदेखि ९५ रुपैयाँमा पर्ने गरेको छ ।

यसैगरी २० रुपैयाँ पर्ने नुनलाई साल्ट ट्रेडिङले प्रतिकेजी २ रुपैयाँ छुट गरेर १८ रुपैयाँमा दिने गरेको छ । साल्ट ट्रेडिङले उपभोक्तालाई बिक्री गर्दै आएको खाद्य वस्तु बजारको भन्दा सस्तो र गुणस्तरीय हुने साल्ट ट्रेडिङको दाबी छ । आजको राजधानी दैनिकबाट

prabhu mahalaxmi
kumari