stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

त्रिविको बजेट साढे २१ अर्ब

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंं । त्रिभुवन विश्वविद्यालयको आर्थिक वर्ष २०७७/०७८ को बजेट साढे २१ अर्ब रहेको छ । त्रिविले ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार रहेको छ । आन्तरिकतर्फ सञ्चालन तथा पुँजीगत खर्च ९ अर्ब ५१ करोड ५ लाख ५६ हजार र विकास कार्यक्रममा ४० करोड रकम प्रस्ताव गरेको छ ।

रजिस्टार प्राडा पेशल दाहालले शुक्रबार सम्पन्न बैठकमा बजेट सार्वजनिक गर्नुभएको हो । आगामी वर्ष नियमित कार्यक्रममा हुने कुल खर्च ११ अर्ब ९५ करोड ३९ लाख ६६ हजार मध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट १ अर्ब ५० करोड बेर्होने र बाँकी १० अर्ब ४५ करोड ३९ लाख ६६ हजार विश्वविद्यालय अनुदान आयोग मार्फत नेपाल सरकारसँग अनुदान मार्ग गर्ने समेत प्रस्ताव गरिएको छ ।

बजेट पारितसँगै त्रिविलाई प्रविधिमैत्री बनाउने, अनुसन्धानमूलक प्राज्ञिक गतिविधिलाई बढावा दिने, परीक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्ययिता अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय गरेको छ ।

भर्चुअल सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले नेपालको उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुभयो ।

सीमित स्रोत र साधनको कठिनाइका बाबजुद विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरको उच्चशिक्षा उपलब्ध गराउँदै आएकोमा आगामी दिनमा थप अनुसन्धानमुखी एवम् व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ थियो ।

त्रिवि नै आधुनिक शिक्षाको धरोहर भएको भन्दै हाम्रालाई त्रिभुवन विश्वविद्यालय ख्यातीप्राप्त तक्षशिक्षा, नालान्दा, अक्सफोड र क्याम्ब्रिज विश्वविद्यालयसरह रहेको भन्दै उहाँले विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने बताउनुभयो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले कोेभिड–१९ बाट सिर्जित विश्वपरिस्थितिलाई अवसरको रुपमा परिणत गर्दै उच्चशिक्षा थप सिर्जनशील एवम् उत्पादनमुखी बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आफ्नो वासस्थानलाई नै शिक्षण सिकाइको महत्वपूर्ण स्थानका रुपमा विकसित गर्ने अवसरका रुपमा लिन सम्पूर्ण शिक्षक एवम् प्राध्यापकहरुलाई उहाँले आग्रह गर्नुभएको थियो ।

कोभिड–१९ का कारण नेपालको शैक्षिक व्यवस्थापनमा थप चुनौती थपिएको भन्दै उहाँले वैकल्पिक शिक्षण विधिको उपयोग गरी शैक्षिकसत्रलाई कायम राख्ने बताउनुभयो ।

शिक्षामा बजेट कटौती हुने अवस्था अबका दिनमा नआउने भन्दै प्राप्त शैक्षिक अवसरलाई कार्यान्वयन गर्न सम्पूर्ण शैक्षिक प्रतिष्ठानहरुलाई आग्रह गर्नुभएको छ ।

त्रिविको पुनर्संरचनाबाट नै मुुलुकको समग्र उच्चशिक्षाको पुनर्संरचना हुने भन्दै उहाँले विश्वविद्यालको भीमकाय स्वरुप नै कतिपय अवस्थामा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन सूचना प्रविधि नवप्रवर्तन केन्द्रको निर्माण गरिएको, अनुसन्धानमा थप बजेटको व्यवस्था गरिएको, पूर्वाधार निर्माणलाई थप क्रियाशील गरिएको, विश्वविद्यालयको अन्तर्राष्ट्रियस्तर निर्धारणमा उल्लेख्य उपलब्धि प्राप्त गर्न सफल भएको, कक्षा कोठामा प्रविधिको पहुँच विस्तार गरिएको, लामोसमयदेखि विश्वविद्यालयको समस्या बन्दै आइरहेको निवृत्तिभरणको दीर्घकालीन समाधान खोजिएको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयको सभामा सभासद्हरु त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. वसन्त ढकाल, पब्लिक क्याम्पसहरुमध्येबाट क्याम्पस प्रमुख भोलानाथ ओझा,लगायतले मन्तव्य गर्नुभएको थियो । सभामा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले कोेभिड–१९ को संक्रमणको जटिल परिस्थितिका कारण विद्युतीय माध्यामको प्रयोग गरी विश्वविद्यालयको सभा सञ्चालन गर्नुपरेको धारणा राख्नुभयो । नेपाल समाचारपत्र दैनिकबाट

prabhu mahalaxmi
kumari