citizens life insurance long ad
stcnepal long ad

असारमा ह्वात्तै बढ्यो राजस्व, ९६ अर्ब संकलन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राजश्व असारमा ह्वात्तै बढेको छ। करिब तीन महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकैपटक तिरेपछि राजस्व संकलन बढेको हो।

अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजस्व संकलन उल्लेख्य वृद्धि भएको छ। गत आवको असार १ देखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो। तर, यो आवको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ।

आर्थिक वर्ष सकिन तीन दिन बाँकी छ। २७ गतेसम्मको राजस्व संकलनको अवस्था हेर्दा यो आवमा पोहोरकै हाराहारीमा राजस्व उठ्ने अनुमान गरिएको छ।

समग्रमा चालु आवको असार २७ सम्म ७ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। पोहोर सोही अवधिमा ७ खर्ब ९३ अर्ब २६ करोड रुपैयाँ उठेको थियो ।

यसपालि राजस्व संकलन पोहोरको तुलनामा ४ अर्ब ७१ करोड रुपैयाँ मात्रै कम छ। पोहोरको कुल राजस्व संकलन ८ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ थियो। यसबाट राजस्व संकलन पोहोरकै हाराहारी पुग्ने देखिएको छ।

शनिबारसम्म संकलन भएको राजस्वमध्ये ८६ अर्ब ७२ करोड रुपैयाँ स्थानीय तह र प्रदेशमा बाँडफाँट हुन्छ। यसअघि बन्दाबन्दी लम्बिँदै जाने तर करदातालाई कर तिराउन दबाब दिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो। खासगरी आन्तरिक राजस्व विभागले कर नतिरेमा जरिवाना लगाउने जस्तो ‘धम्कीपूर्ण’ पत्र पठाएको भन्दै करदाता आक्रोशित भए।

अर्थ मन्त्रालयको निर्देशनमा विभागले पुनः कर तिर्ने म्याद थपिएको सूचना नै सार्वजनिक गर्नुप¥यो। तर यो विषय अदालतसम्म पुग्यो। अदालतले बन्दाबन्दी नखुलेसम्म कर तिर्न दबाब नदिन आदेश जारी गरेपछि सरकारलाई अप्ठेरो प¥यो।

थर्काएर कर उठाउने नीतिले अप्ठेरोमा परेको अर्थ मन्त्रालयले करदातालाई फकाउन थाल्यो। ठूला व्यवसायी र उद्योगीलाई राजस्व सचिव आफै फोन गर्दै कर तिर्न अनुरोध गरिरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ।

आयकर र गैरकर दोब्बर

असारमा मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, आयकर र गैरकर राजश्वमा ठूलो वृद्धि भएको छ। आयकर र गैरकर राजश्वमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ।

पोहोरको असार १ देखि २७ गतेसम्ममा १० अर्ब ६४ करोड रुपैयाँ मात्रै आयकर संकलन भएको थियो। तर, यसपालि २४ अर्ब ५९ करोड रुपैयाँ आयकर संकलन भएको छ।

सरकारले बन्दाबन्दी घोषणा गरेलगत्तै फागुनयताको अन्तिम किस्ता बुझाउन समय थपेको थियो। तीन महिनापछि एकमुष्ट आयकर संकलन हुँदा असारमा बढी देखिएको हो।

अन्तःशुल्क र मूल्य अभिवृद्धि कर समेत बन्दाबन्दीको अवधिमा संकलन भएको थिएन। त्यसैले असारमा धमाधम कर चुक्ता भइरहेको छ।

आन्तरिक राजस्व उल्लेख्य

असार १ देखि २७ सम्म आन्तरिक राजस्व विभागले संकलन गर्ने राजश्व पोहोरको सोही अवधिको तुलनामा झन्डै दोब्बर बढी छ। पोहोर यस अवधिमा २५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको विभागले यसपालि ४८ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

साउनदेखि असार २७ सम्ममा पनि विभागले ठूलै राजस्व संकलन गरेको छ। पोहोर यसअवधिमा ३ खर्ब २५ अर्ब संकलन गरेकोमा यसपटक ३ खर्ब ५१ अर्ब रुपैयाँ छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

IME Life
kumari