stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कहिले खुल्छ आन्तरिक उडान ?

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण तीन महिनादेखि व्यवसायिक उडान गर्न नपाएका १० वटा नेपाली वायुसेवा कम्पनीहरू लकडाउनपछि कसरी उडान गर्ने भन्ने तयारीमा जुटेका छन् । कोभिड–१९ महामारीको असामान्य परिस्थिति पछि आउने न्यू–नर्मल (सामान्य काल) मा कसरी उडान गर्ने भन्नेबारे विमान तयारीमा जुटेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, सबै नेपाली वायुसेवा कम्पनीले अबका दिन उडानबाट फैलन सक्ने संक्रमण रोकथामका लागि कसरी उडान गर्नेबारे ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर– एसओपी ९विशेष निर्देशिका० बनाएका छन् । ‘अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन (आइकाओ) को निर्देशन अनुसार, पहिले हामीले एसओपी बनायौं,’ विमानस्थलका एक उपनिर्देशकले  भने, ‘त्यसै अनुसार, वायुसेवा कम्पनीहरूले पनि एसओपी तयार पारिसके ।’ उनका अनुसार, अहिले आन्तरिक उडानमा संलग्न वायुसेवा कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई उक्त एसओपी अनुसार तालिम तथा प्रशिक्षण दिइरहेका छन् ।

‘बुद्ध एयरले सबैभन्दा पहिले एसओपी प्रोटोकल तयार पारेर बुझायो,’ उनले भने, ‘त्यसै अनुसार, उसले सबैभन्दा पहिले एउटा ९ड्रिल० अभ्यास पनि गरिसक्यो ।’
मध्य असारदेखि उडान संचालन गर्न तयारी रहेका वायुसेवा कम्पनीहरूलाई सरकारले साउन १७ देखि उडान संचालन गराउन सकिने प्रस्ताव गरेको थियो ।

तर, व्यवसायिक उडान संचालन गराउने मिति अझै टुंग्गो लागिनसकेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

विमानस्थलका अधिकारीहरूले सरकरले उडान खुला गरे पनि सुरुमा १५ प्रतिशत उडान संख्या खुलाइने र, त्यसको दुई हप्तापछि २० वा २५ प्रतिशतका दरले बिस्तारै उडान–स्लट जारी गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै लगिने भनेका छन् ।

बुद्धले बिहीबार तीनवटा जहाजमा गरेको अभ्यासमा आफ्ना सबै पाइलट तथा एयर होस्टेस, विमानस्थल कर्मचारी, प्रहरी र अन्य वायुसेवाका प्रतिनिधि समेत गरी कम्तीमा २ सय जनालाई सहभागी गराएको थियो ।

‘लामो समय लगाएर तयार पारिएको कोभिडपछिको उडान सुरक्षा प्रोटोकल अनुसार पहिलो प्रयोगात्मक अभ्यास सकेका छौं,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, ‘यसको मुख्य उदेश्य आन्तरिक उडानबाट संक्रमण नफैलियोस भन्ने रहेको छ ।’ उनले वायुसेवाहरूले एसओपी अनुसार उडान संचालन गरेमा ९९ प्रतिशतसम्म रोकथाम गर्न सफलता प्राप्त हुने बताए ।

अन्य वायुसेवाले कुनै गन्तव्यको परिकल्पना गर्दै यात्रु तयार पारेर जहाजसम्म पुर्‍याउने अभ्यास थालिसकेका छैनन् । तर, काठमाडौं र बाहिर रहेका स्टेसनका कर्मचारीलाई तालिम भने दिने क्रम जारी रहेको छ ।

विमानस्थलका ती उपनिर्देशकका अनुसार, यस्तो ड्रिल विमानस्थल संचालनको जिम्मा लिएको नागरिक उड्डयन कार्यालय, यात्रु सुरक्षा हेर्ने प्रहरी, वायुसेवा कम्पनी सबैले गर्नुपर्छ ।

विमानस्थलका अधिकारीहरूले चैत अघिजस्तो भीडभाडबाट अबका दिन उडान संचालन गराउन कठिनाई हुने निष्कर्ष निकालेका छन् । ‘हिजोका दिनमा घन्टामा १२ वटा जहाज उडाउनेले अब बढीमा ६ वटा उडानबाट थाल्नुपर्ने छ,’ विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कान्तिपुरसँग भने, ‘आन्तरिक विमानस्थलको क्षमता ४ सय ५० यात्रुको हो तर सामाजिक दुरी कायम गर्नकै निम्ति अब त्यो सम्भव हुने देखिएन ।’ जसरी अहिले सरकारले विदेशमा उद्धार उडानका लागि वायुसेवालाई अनुमति दिएको छ ।

त्यसै गरी आन्तरिक उडान गर्ने वायुसेवालाई पनि जहाजको संख्या अनुसार, उडान अनुमति दिइने महाप्रबन्धक केसीले बताए ।

‘अबका दिन उडान संचालन नगरेर सुखै छैन सरकारले आदेश दिएपछि हामी हाम्रो विमानस्थलको क्षमता हेरेर उडान सञ्चालन गर्नेछौं,’ केसीले भने ।

चैतअघि दैनिक ४ सय हाराहारी उडान हुने काठमाडौं विमानस्थलमा हाल विशेष अनुमतिबाट आन्तरिक र अन्तर्राष्टियतर्फ चार्टर उडानमात्रै संचालन भइरेका छन् । आजको कान्तिपुर दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari