stcnepal long ad
ime life insurance
global ime bank long

आन्तरिक परीक्षा नै एसईईको मूल्याङ्कन आधार

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) का विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाई नै आधार मान्नु न्यायोचित हुने सरोकारवालाले सुझाव दिएका छन् । सरकारले एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले गर्ने निर्णय गर्दै त्यसको कार्यविधि निर्माणको तयारी सुरु भएका बेला निजी शिक्षा सञ्चालकबाट यस्तो सुझाव दिइएको हो ।,

विद्यालयले फेरि लिखित या भर्चुअल परीक्षा लिन सम्भव र व्यावहारिक नभएको अवस्थामा यसअघि लिएका परीक्षाका आधारमा विद्यार्थीको मूल्याङकन गरिनु नै सान्दर्भिक हुने सुझाइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीका पुरीले विद्यालयले आफ्ना विद्यार्थीको मूल्याङ्कन गर्ने विषयलाई अतिरञ्जित बनाउने र दुरुपयोग गर्न नहुने बताउनुभयो । यो बेला शिक्षक, विद्यालय र प्रधानाध्यापकको समेत परीक्षा हुने समय आएको उहाँको भनाइ छ ।

केही विद्यालयले परीक्षा लिने केहीले नलिने गर्नुभन्दा कक्षा १० को यसअघि सञ्चालित परीक्षाकै आधारमा अन्तिम निर्णय दिनुपर्ने उहाँको भनाइ छ । धेरै विद्यालयले कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई प्रथम, दोस्रो र अन्तिम गरी तीन पटक परीक्षा लिने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले भने मातहतका विद्यालयलाई कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीलाई चार पटक परीक्षा लिन निर्देशन गरेको थियो । आफूहरूले धेरै पहिलेदेखि विद्यार्थीको मूल्याङ्कन गर्ने जिम्मा विद्यालयलाई दिन माग गर्दै आएको स्पष्ट गर्दै प्याब्सन अध्यक्ष पुरीले यो जिम्मेवारी पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीको आन्तरिक मूल्याङ्कनमा प्रधानाध्यापक हावी हुन सक्ने खतरा औँल्याउँदै त्यसमा विचार पु¥याउनुपर्ने अवस्था रहेको बताउनुभयो । विषय शिक्षकलाई नै विद्यार्थीको मूल्याङ्कन गर्ने अधिकार दिनुपर्ने उहाँको भनाइ छ । विशेष अवस्थाका कारण यस पटक विद्यालय तथा शिक्षकले पाएको जिम्मेवारी सदुपयोग गर्नुपर्ने सापकोटाको भनाइ छ । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari