stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुन सहित बहुमूल्य धातुको मूल्य यसरी तोकिन्छ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । सुनको मूल्य कीर्तिमानी स्तरतर्फ उक्लिन थालेको छ। बिहीबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ तोलाको ८९ हजार ६ सय तोकेको छ भने नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले ८९ हजार ७ सय तोकेको छ।

लामो समयदेखि यी दुई संस्थाले सुनचाँदीको मूल्य निर्धारण गरेर आफ्ना सदस्यलाई उपलब्ध गराउँदै आएका छन्। त्यसै अनुरूप सुनचाँदीको कारोबार भइरहेको छ। जुन महिनाको सुरुमा सुनचाँदी, रत्न तथा आभूषण महासंघले सुनको भाउ तोलाको ९० हजार रुपैयाँसम्म तोकेको थियो। अर्को महासंघले त्यसबेलासम्म मूल्य निर्धारण स्थगित नै गरेको थियो।

सुनचाँदी व्यवसायी महासंघले २५ जेठदेखि सुनचाँदीको मूल्य निर्धारण गर्न थालेको हो। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले भने १४ जेठबाटै मूल्य निर्धारण सुरु गरेको थियो। दुवै महासंघले ११ चैतबाट बन्दाबन्दी घोषणा भएपछि सोही दिनदेखि मूल्य निर्धारण स्थगित गरेका थिए।

केही महिनायता अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ उतारचढावमा देखिन्छ। पछिल्लो दुई महिनाको व्यापारमा अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य प्रतिऔंश १६७६ डलरदेखि १७४६ डलरसम्म पुगेको छ। यो अत्यन्त अस्थिर मूल्यको परिचायक हो। अन्तर्राष्ट्रिय बजारको मूल्य अस्थिरताले नेपाली बजारमा पनि सुन महँगिन सघाउ पुगेको छ।

कसरी हुन्छ सुनको मूल्य निर्धारण ?

हाम्रा छिमेकका सुन पसलले हरेक दिन मूल्य निर्धारण कसरी गर्छन् होला रु नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य भन्छन्, ‘मूल रूपमा न्युयोर्क एक्सचेञ्जको कारोबार दरलाई आधार मानेर मूल्य तय हुन्छ। तर, भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि ध्यानमा राखेर मूल्य निर्धारण समितिले भाउ तय गर्छ।’

शाक्यका अनुसार नेपाली समयअनुसार विहान १० बजेको अन्तर्राष्ट्रिय बजारको मूल्यलाई नेपालमा मूल्य निर्धारणको आधार मानिन्छ। सोही सन्दर्भ मूल्यमा सो दिनका लागि राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यले गुणन गरिन्छ। यसरी आएको गुणनफलमा प्रतिग्राम सरकारले लिने ८५० रुपैयाँ भन्सार जोडिन्छ। अब त्यो मूल्यमा १ प्रतिशत ह्यान्डलिङ शुल्क जोड्ने र थप १ प्रतिशत मुनाफा जोड्ने गरिन्छ’, शाक्य भन्छन्, ‘त्यो मुनाफा ०।५ प्रतिशत आयातकर्ता बैंकले र ०।५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्छन्।’ सुन आयातगर्दा लाग्ने बीमा लगायतका दायित्व भुक्तानी गर्न ह्यान्डलिङ शुल्क लाग्ने उनले बताए।   आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

IME Lifesidebar
kumari