citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

इलाम ।  जिल्ला  प्रशासन कार्यालय इलामले विहीवारदेखि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । विवरण पेश भई राष्ट्रिय परिचयपत्र छापिएर आए पछि प्रशासनले वितरण सुरु गरेको हो ।

सिडिओ श्रवणकुमार पोख्रेलले परिचयपत्र वितरण गरिने व्यक्तिको नाम नै कार्यालयले सार्वजनिक गरिसकेको बताए ।
‘परिचयपत्र लिन सम्बन्धित व्यक्ति आफैं अनिवार्य आउनुपर्नेछ,’ उनले भने, ‘परिचयपत्र लिएपछि फिंगर प्रिन्ट (औंठाछाप) राख्नुपर्ने भएकाले यो कार्ड अरूले लगिदिन मिल्दैन।’ ’ उनले परिचयपत्र लिने व्यक्तिको मोबाइलमा एस एम एस समेत पठाइएको जनाए ।

प्रजिअ पोखरेलका अनुसार परिचयपत्र लिन व्यक्ति स्वयम् ब्यक्ति नै उपस्थित हुनुपर्ने छ । प्रशासनले फिङ्गर प्रिन्ट रुजु गर्न र पिन नम्बर समेत रहेकाले परिचयपत्र लिन व्यक्ति नै आउनु पर्ने जनाएको छ ।

कार्यालयमा एक हजार सात सय ७९ वटा परिचयपत्र आएको भए पनि सुरुमा पाँच सय थान वितरण गरिने जनाईएको छ ।

gold
himalayan life insurance long ad
kumari bank