stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ढकालद्धारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

आथिक सञ्जाल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको छ । बागलुङमा शुक्रबारदेखि सुरुभएको बागलुङ महोत्सवमा उहाँलाई उक्त महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले सो महोत्सवको उद्घाटन समारोहमा प्रस्ताव गरेपछि उहाँले सो प्रस्ताव स्वीकार गर्नुभएको हो । सो महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका हैसियतमा सम्बोधन गर्ने क्रममा ढकालले भन्नुभयो– साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । आफू महासंघको उपाध्यक्षका साथै एक जना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवम् स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गर्नुभएको स्मरण गर्दै आज आफ्नो गृह जिल्लाका व्यवसायी साथीहरुले पनि यो प्रस्ताव गर्नुभएकोले आफूलाई स्वीकार्य रहेको जानकारी ढकालले दिनुभयो ।
सम्बोधनका क्रममा ढकालले आफूले सानो व्यवसायदेखि आफ्नो व्यवसायिक यात्रा सुरु गरेको बताउँदै आगामी दिनमा साना तथा मझ्यौला एवम् समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताउनुभयो । ढकालले भन्नुभयो– मेरो जीवन पनि तपाईँहरुजस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट शुरु भएर यहाँ पुगेको हुँ, त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा बढी महसुश गर्न सक्छु । उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो– तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु । नेपाल सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्याय सहितको तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहम भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिनुभएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति हुनुहुन्छ । उहाँ महासंघमा यस अघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गर्नुभएको छ । ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक समेत हुनुहुन्छ ।
कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।
ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत हुनुहुन्थ्यो ।

prabhu mahalaxmi
kumari