macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम करार बमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ ।

पीडितलाई क्षतिपूर्ति नदिने डिलक्स एचआर सोलुसन र डि–स्क्वार्ड ग्रुप मेनपावर कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरिएको विभागका प्रवक्ता तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको र क्षतिपूर्ति दिन आनाकानी गर्दै आएपछि उनीहरुको इजाजतपत्र नै खारेज गरिएको हो ।

विभागले एक सूचना प्रकाशित गरी डिलक्स एचआर सोलुसन र डि(स्क्वार्ड ग्रुप म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५१ बमोजिम पीडितको क्षतिपूर्ति बापतको रकम इजाजतपत्र प्राप्त संस्थाको धरौटीबाट फिर्ता गराई वा क्षतिपूर्ति भराई रु एक लाख जरिवाना गर्ने र इजाजतपत्र रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

युएई गएका १७ जना बाइक राइडरले आफूहरुले सम्झौता अनुसार काम नपाएको भन्दै विभागमा उजुरी दिएको विभागले जनाएको छ ।

himalayan life insurance
igi long
NTA long ad