stcnepal long ad
global ime bank long

क्षेत्रपाटीस्थित केके मार्टलाई तीन लाख जरिवाना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । बिल बिजक जारी नगरी बढी मूल्यमा मदिरा बिक्री गर्ने र आयुर्वेदिक सामान बिक्री गर्ने दुई पसललाई वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरिएको छ ।

बजार अनुगमनका क्रममा खुद्रा मूल्य भन्दा बढी मूल्यमा नेपाली मदिरा बिक्री गरे वापत क्षेत्रपाटीस्थित केके मार्टलाई जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार रु ६५० को मदिरालाई रु ७९० मा बिक्री गरेको भेटिएपछि उक्त मार्टलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही स्वरुप रु तीन लाख जरिवाना गरिएको हो ।

“उपभोक्ताको गुनासोपछि अनुगमनका लागि हामी मार्टमा पुगेका थियौँ, अनुगमन टोलीले नै वाइन खरिद गर्दा बढी मूल्य लिएको भेटेपछि कारवाही गरिएको होे”, उनले भने ।

त्यस्तै हाँडीगाउँस्थित धन्वन्तरि ट्रेडर्सले बिल बिजक जारी नगरी पतञ्जलि आयुर्वेदका सामान बिक्री गरे वापत रु दुई लाख जरिवाना गरिएको छ ।

उपभोक्ताको गुनासोलाई आधार बनाएर लकडाउन अवधिमा खाद्यान्न, सर्जिकल लगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली २०७६ को कार्यान्वयनका लागि यही जेठ १४ गतेको निर्णयानुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निरीक्षण अधिकृत तोकिएको जनाइएको छ ।

IME Lifesidebar
kumari