stcnepal long ad
ime life insurance
global ime bank long

अब लक डाउन अवधिभर काठमाडौं जिल्लाबाट जारी पास मान्य हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका लागि गत जेठ २ गते जारी गरेको निलो रंगको पास अब नवीकरण गर्नु नपर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास अब लक डाउन भर मान्य हुने जानकारी दिएको हो ।

साथै, काठमाडौं जिल्ला प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ ।

यसअघि त्यस्ता पास ७ दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । त्यस्तै, सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यही जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन भनेको छ ।

पास तयार भएको जानकारी प्राप्त भएपछि मात्र कार्यालयमा सम्पर्क गर्न पनि भनिएको छ ।

prabhu mahalaxmi
kumari