stcnepal long ad
national life

सम्पत्ति र अनुशासन तथा आचरण कसूरमा कारवाही

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं ।  जेष्ठ १६ गते बसेको समरी जनरल सैनिक अदालतबाट श्री सैनिक हवाई महानिर्देशनालय, गौचरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा सैनिक ऐन २०६३ बमोजिम १ (एक) जना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथा रकम असुल उपर, ८ (आठ) जना सैनिक अधिकृतहरुलाई सचेत र १ (एक) जना अधिकृत तथा ९ (नौ) जना अन्य दर्जाहरुलाई सफाइ दिने गरी फैसला गरिएको छ ।

श्री सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको २०७६ चैत्र ४ गतेको राय सहितको प्रतिबेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट देहाय बमोजिम गर्ने गरी मिति २०७७ जेठ १४ गते भएको फैसला आज  २०७७ जेठ १६ गते सम्बन्धितहरुलाई सुनाइएको छ ।

(क)   तत्कालिन सैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) महानिर्देशक रहेको अवधिमा ओहदा अनुसार कानुनत: पालना गर्नु पर्ने प्रकृया र दायित्व पुरा नगरि सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (झ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आउनुका साथै रु ५८,९५,५९०।५९ (अन्ठाउन्न लाख पन्चानव्वे हजार पांचसय नव्वे रुपैयां उनान्साठ्ठी पैसा) रकमको कुनै हिसाव किताव नराखी आर्थिक अनियमितता गरेको देखिएबाट सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (छ) वमोजिम कसुरजन्य कार्य गरेको प्रमाणित भएबाट निज प्रतिबादिबाट रु ५८,९५,५९०।५९ (अन्ठाउन्न लाख पन्चानव्वे हजार पांचसय नव्वे रुपैयां उनान्साठ्ठी पैसा) असुल उपर गर्ने तथा सोही ऐनको, दफा १०१ को उपदफा (१) को खण्ड (ञ) बमोजिम नसिहत दिने गरी ठहर फैसला भएको ।

(ख)   सोही मुद्धामा अन्य ८ (आठ) जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला भएको ।

(ग)   साथै अधिकृत १ (एक) र अन्य दर्जा ९ (नौ)  जनालाई अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको ।

साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने (Reversing Corruption) को कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलता (Zero Tolerance) को नीति लिएको समेत जनाइएको  छ ।

 

gold
kumari bank
kumari
nawakantipur long