prabhu bank
national life
sunrise bank
citizens bank
stcnepal long ad

१४ अर्ब निक्षेप भएको सहकारीको बदमासी

आधा रकम जग्गा र मार्टलगायतमा लगानी, बाँकी खोइर ?

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं  । शिवशिखर बहुउद्देश्यीय सहकारीमाथि प्रहरीले अहिले अनुसन्धान थालेको छ। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको फाइल खोलेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०को टोलीले फाइल खोल्दा अर्बै रकम घोटाला भएको देखिएको छ। फाइल अगाडि बढेपछि केही सञ्चालक फरार छन्।

सीआइबीको टोलीले अहिले सहकारीका दुई सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा बाँके कोहलपुर घर भएकी गीता शर्मा र बझाङ घर भएका पुष्कर मल्ल रहेका छन्।

गीता सहकारीका पूर्व अध्यक्ष केदारनाथ शर्माकी श्रीमती हुन्। केदार भने फरार रहेका छन्। त्यस्तै सहकारीका सीइओ लीलानाथ गौतम पनि प्रहरीको खोजी सूचीमा छन्।

भक्तपुरको कौशलटारमा सहकारीको मुख्य कार्यालय रहेको छ। सहकारीमा ९ जना सञ्चालक सदस्य रहेकोमा बाँकी फरार छन्। उनीहरू सबैको ठगी प्रकरणमा खोजी भइरहेको छ।

सहकारीको काठमाडौं उपत्यकाबाहेक विभिन्न जिल्लाहरूका शाखा रहेको छ। ३५ वटा जिल्लामा यसको शाखा रहेको भेटिएको छ। कुनै जिल्लामा एउटा त कुनै जिल्लामा तीन वटा समेत शाखा छन्।

सीआइबीको प्रारम्भिक अनुसन्धानमा सहकारीमा १४ अर्ब निक्षेप भएको खुल्छ। तर त्यसमा ५र६ अर्ब लगानी भए पनि बाँकी रकम कहाँ गयो भन्ने देखिएको छैन। जसमा प्रहरीले अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ।

‘अहिलेसम्म हेर्दा ५र६ अर्ब विभिन्न क्षेत्रमा लगानी भएको देखिन्छ। तर बाँकी रकम कहाँ लगानी भयोरु भन्ने खुलेको छैन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

प्रहरीले सुरुमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गर्दा ३ करोड रुपैयाँभन्दा बढी ठगिएको भन्दै सय जनाभन्दा बढीको उजुरी परेको थियो। अहिले पनि उजुरी पर्नेको सङ्ख्या बढ्दै गएको छ।

सीआइबीले काठमाडौं उपत्यकाभित्रका मात्र उजुरी लिएको छ। जिल्लाहरूमा उजुरी आएको प्रहरीले जानकारी दिएको छ।

३५ वटा जिल्लाहरूमा यसको शाखामार्फत रकम सङ्कलन हुन्थ्यो। तर रकमको लगानी र डिपोजिट भएको रकम केन्द्रीय कार्यालयमा नै जम्मा हुने गरेको देखिन्छ।

रकमको लगानीदेखि परिचालन गर्दा केन्द्रबाट नै हुने गरेको अनुसन्धानमा खुलेको छ। जिल्लाका शाखाबाट कम लगानी भएको देखिएको छ।

जिल्लामा शाखा रहेको कार्यालयका कर्मचारी पनि प्रकरणमा तानिने भएका छन्। उनीहरू पनि अनुसन्धानको घेरामा रहेको एक प्रहरी अधिकृतले जानकारी दिए। चितवन, हेटौँडा, पोखरा, कञ्चनपुर, कैलालीलगायतका शाखाहरूबाट बदमासी भएको देखिएको छ।

शर्मा दम्पतीले कुनै प्रक्रिया पूरा नगरी अचल सम्पत्तिमा लगानी गरेको खुलेको छ। सहकारीले कुनै पनि अचल सम्पत्ति ९घर जग्गामा० लगानी गर्न पाउँदैन। सहकारीले भने घर(जग्गादेखि विभिन्न मार्ट, खाद्यन्न स्टोरलगायतमा लगानी गरेको खुलेको छ।

‘५र६ अर्ब जति यस्तै अचल सम्पत्तिमा लगानी गरेको देखियो। तर त्यसपछि बाँकी रहेको रकम कहाँ गयो भन्ने खुल्दैन।

५ अर्ब जति सम्पत्ति बेचेर आउँछ तर कहिले सम्पत्ति बिक्ला भन्ने अवस्था रहन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले सुनाए। सहकारीबाट ३५ वटा कम्पनीमार्फत विभिन्न ठाउँमा लगानी गरेको खुलेको छ।

पछिल्लो समय देशभित्रका सहकारीहरूमा यस्तै प्रकृतिको समस्या देखिँदै आएको छ। सिभिल सहकारीका ठगी प्रकरणमा पूर्व सांसद तथा सहकारीका अध्यक्ष इच्छाराज तामाङ र श्रीमती पूर्पक्षको लागि थुनामा छन्।

तामाङलगायत ४२ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। जिल्ला अदालत काठमाडौंमा उनीविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको थियो।

काठमाडौं महानगरपालिका १४ कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थामा पनि ठगी देखिएपछि अनुसन्धान भइरहेको छ। पछिल्लो समय सहकारी विभाग र प्रहरीमा सहकारी ठगीका उजुरी बढ्दै गएका छन्।

१ जेठ २०८०, सोमवार ०६:५१ बजे प्रकाशित

NTA long ad
stcnepal long ad