stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँको टोखाका कोरोना संक्रमित एक जना ज्योतिषी, अर्का किराना पसले

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल 

काठमाडौं ।  काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार टोखा नगरपालिका– ६ धनेश्वरका ४१ बर्षिय पुरुष ज्योतिषीलाई संक्रमण पुष्टि भएको हो । त्यस्तै टोखा ६ का २७ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

उनले ग्राण्डि अस्पताल आसपासको क्षेत्रमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले कोरोना संक्रमणवाट मृत्यु भएकी सिन्धुपाल्चोक कि सुत्केरीसँगै शिक्षण अस्पतालमा उपचार गराएको पनि खुलेको छ । सुत्केरीको जेठ ४ गते निधन भएपछि गरिएको कन्ट्रयाक ट्रेसिङका क्रममा थप दुईजनामा संक्रमण पुष्टि भएको हो ।

टोखा नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर तीन सय छ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । बूढानीलकण्ठ नगरपालिकामा भेटिएका कोरोना संक्रमित ३७ बर्षिय पुरुष ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको खुलेको छ ।

उनी नगरपालिकाको स्वकृतिमा आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोग गरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पुर्‍याउने कार्यमा सग्लन थिए । काठमाडौंमा संक्रमण पुष्टि भएका तीनैजनालाई टेकु अस्पतालमा भर्ना गर्ने तयारी गरिएको छ ।

अहिलेसम्म काठमाडौंमा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये चार जना निको भएर घर फर्केका छन । भक्तपुरमा चारजना संक्रमित भएका चारमध्ये दुई निको भएर घर फर्केका छन । ललितपुरमा एक जनामा संक्रमण भेटिएको छ ।

prabhu mahalaxmi
kumari