लागूऔषध तस्कर र प्रहरीबीच भिडन्त, एक प्रहरीको मृत्यु

आर्थिक सञ्जाल
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका सात सहसौलामा गएराति लागुऔषध कारोबारीसँग प्रहरीको भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर– ७ का १६ वर्षीय राजन यादव रहेका छन् ।
भिडन्तमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा प्रहरी जवान रामविहारी पासवान, मनोज साह र लालबाबु यादव गम्भीर घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल जलेश्वरमा भइरहेको जनाइएको छ ।
प्रहरीले लागुऔषध कारोवारमा सग्लन सोही स्थानका ५० वर्षीय सुरेन्द्र यादव र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको छ । प्रहरी र लागुऔषध कारोबारीबीच रामगोपालपुर सात स्थित सडकमा गएराति भिडन्त भएको हो ।
प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनुपरेको महोत्तरी प्रहरीले जनाएको छ । घटनास्थलबाट लागुऔषध नाइट्रोभेट पनि बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।