नाडेप लघुवित्तको नाफामा गिरावट

आर्थिक सञ्जाल
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नाडेप लघुवित्तको नाफा घटेको छ । यसअवधिमा यसको नाफा ९५.६५% ले घटेर ७ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष यसले १ करोड ६८ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो । संस्थाको सञ्चालन नाफा घटेर ऋणात्मक भएको र खराब कर्जा बढेकाले त्यसको ठूलो असर नाफामा देखिएको हो ।
चैत मसान्तसम्म आइपुग्दा संस्थाको सञ्चालन नाफा शीर्षक २४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको सञ्चालन नाफा २ करोड २९ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
संस्थाको खराब कर्जा ४.०४% ले बढेर ८.४२% पुगेको छ । गत वर्ष यसको खराब कर्जा अनुपात ४.३८% थियो । खराब कर्जा ह्वात्तै बढेपछि प्रोभिजनमा छुट्याउनुपर्दा नाफा बेस्सरी प्रभावित भएको हो ।
यता, गत वर्ष १८ करोड ७९ लाख ०१ हजार रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी यस वर्ष १९ करोड ९७ लाख ५० हजार रुपैयाँ पुगेको छ । यसको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ छ ।
गत वर्ष २२ करोड ४८ लाख ९ हजार रुपैयाँ रहेको जगेडा कोष यस वर्ष १८ करोड ५१ लख १ हजार रुपैयाँमा सीमित भएको छ । प्रतिसेयर आम्दानी वार्षिक ३६ पैसा मात्रै छ । प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ३० पैसा छ ।