बढि मूल्यमा मास्क बेच्ने फार्मेसीलाई दुई-दुई लाख जरिवाना

आर्थिक सञ्जाल
काठमाडौं । बढि मूल्यमा मास्क बेच्ने तीन फार्मेसीलाई दुई-दुई लाख जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढि मूल्यमा मास्क बेच्ने काठमाडौंका तीन वटा फार्मेसीलाई दुई-दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।
हाइमास्क तथा के एन–९० फाइभ मास्क बढी मूल्य लिएर बेचेको पाइएपछि वीर अस्पताल अगाडिका पवित्र प्रोग्रेस फार्मेसी, मेगन फार्मेसी र हनुमान फार्मेसीलाई दुई-दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।