stcnepal long ad
ime life insurance
national life
global ime bank long

क्वरेन्टीनमै रक्सी पुर्‍याउनेलाई पाँच हजार जरिवाना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

चितवन । क्वरेन्टीनमा बसेका आफन्तलाई घरेलु रक्सी पुर्‍याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ ।राप्ती नगरपालिका ३ का २५ वर्षीय कुमार थपलियालाई जरिबाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

उनका अनुसार बुद्धशान्ति माविमा रहेको क्वरेन्टीनमा रहेका आफन्तलाई घरेलु रक्सी पुर्‍याउने जाने क्रममा थपलियालाई गएको जेठ ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । रासस

IME Lifesidebar
kumari