citizens life insurance long ad
stcnepal long ad

प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई “Academy Hall of Fame” सम्मान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त हुनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्मालाई आज २०७९ चैत्र १३ गते प्रतिष्ठानमा आयोजित अधिष्ठापन समारोह (Induction Ceremony) मा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुप जङ्ग थापाले “Certificate of Honor” प्रदान गर्नु भएको छ ।

कार्यक्रममा मन्तव्य राख्नु हुँदै प्रधान सेनापतिले सैनिक जीवनको प्रारम्भिक दिनहरुमा प्रतिष्ठानका शिक्षकवर्गबाट प्राप्त हुने सैनिक मूल्य र मान्यता सहितको पेशागत ज्ञानले दुरगामी प्रभाव पार्ने बताउनु भयो ।

उहाँले कठिनाईहरुसँग जुध्न, चुनौतीको सामना गर्न, अभावसँग खेल्न, साहस र धैर्यतासँग मितेरी गाँस्न, दृढता, जिम्मेवारी, संकल्पलाई सारथी बनाउन तथा बौद्धिक विकासको लागि अध्ययनशील हुन प्रतिष्ठानमा प्रदान गरिने तालिमले ठूलो भूमिका खेल्ने बताउनु भयो ।

उहाँले वर्तमान समयमा प्रविधिको विकाससँगै जटिल बन्दै गएको अन्तर्राष्ट्रिय, क्षेत्रिय तथा आन्तरिक सुरक्षा परिवेशसँग जुध्न बहुआयामिक विज्ञताको आवश्यकता रहेको समेत बताउनु भयो ।

विभिन्न शिक्षण संस्थाहरुबाट तालिम प्राप्त गरेका शिक्षार्थीहरु मध्ये विशेष नियुक्ति र पद हासिल गर्नेहरुलाई सम्मान गर्ने र उहाँहरूको तस्वीर बिशेष कक्षमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नेपाली सैनिक प्रतिष्ठानमा”Academy Hall of Fame” अधिष्ठापन समारोह आयोजना गरिएको हो ।

आजको समारोहमा प्रधान सेनापतिले सि.सं. २० अधिकृत क्याडेट तालिमका गुरुवर्गलाई सम्मान गर्नु भएको थियो ।

नेपाली सेनाको इतिहासमा नेपाली सैनिक प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पुरा गरेका शिक्षार्थीहरु मध्ये प्रधान सेनापतिको नियुक्ति पाउने महारथी शर्मा तेश्रो हुनुहुन्छ ।

यस अघि यस्तै अवसर महारथी राजेन्द्र क्षेत्री अ.प्रा. र महारथी पूर्णचन्द्र थापा अ.प्रा. ले प्राप्त गर्नु भएको थियो ।

उक्त समारोहमा पूर्व प्रधानसेनापतिहरु, त्रि।वि।का उपकूलपति तथा प्राध्यापकहरू, नेपाली सेनाका बहालवाला एवं अवकाशप्राप्त रथीबृन्द, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा डिन लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती थियो ।

अधिष्ठापन कार्यक्रम पूर्व आजै आयोजित दीक्षान्त समारोहमा सि.सं. ६० अधिकृत क्याडेट तालिमका शिक्षार्थी अधिकृतहरुलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले प्रमाण–पत्र (Transcript & Provisional Certificate) र प्रधान सेनापति महारथी प्रभुराम शर्माले चारित्रिक प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयसँग नेपाली सैनिक प्रतिष्ठान सम्बन्धनको २५ औं वर्ष पुगेको अवसरमा आयोजित समारोहमा जाम्बियाका १, महिला ११ गरी जम्मा ८६ क्याडेटहरुले मानविकीतर्फ कलाशास्त्रीबाट दिक्षित भएका छन् ।

हालसम्म सैनिक प्रतिष्ठानबाट विदेशी २३ जना सहित जम्मा २,८५५ जना स्नातकोपाधि सहित दिक्षित भइसकेका छन् ।

IME Life
kumari