stcnepal long ad
himalayan Everest Insurance long ad

एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा

macchha(MBL)
citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सवारीचालक अनुमतिपत्र ‘लाइसेन्स’ नवीकरण गर्न कति समय लाग्ला ? २० मिनेट, आधा घण्टा वा एक घण्टा । यस्तै सोचिरहनुभएको छ भने तपाईं गलत हुनुहुन्छ । एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा कुर्नुपर्ने बाध्यता छ ।

रामेछापका श्रीकृष्ण सुवेदी काठमाडौंमा सानोतिनो व्यवसाय गरेर बस्छन् । उनले लाइसेन्स नवीकरण गर्न जाँदा पाँच घण्टा लाइन बस्नुप¥यो । त्यति गरेर पनि उनले स्मार्ट लाइसेन्स पाउन अझै कति वर्ष कुर्नुपर्ने हो रु त्यसको ठेगान छैन ।

सुवेदी कार्यालय समय खुल्नेबित्तिकै एकान्तकुनास्थित यातायात कार्यालय पुगेका थिए । उनले टोकन पाउनै झन्डै ११ बजाउनुप¥यो । लामो लाइन छिचोलेर टोकन पाएपछि बायोमेट्रिकदेखि स्वास्थ्य जाँचका लागि १ सय ४ नम्बर कोठामा पनि उनले एक घण्टा लाइनमा बस्नुप¥यो । लाइन कुरेर बसेका उनी आँखाको स्वास्थ्य जाँच गराउँदा कर्मचारीको रुखो बोली र व्यवहार खेप्नुपरेको सुनाउँछन् ।

दुई घण्टाको लाइन सकेर कोठा नम्बर १ सय ६ मा लाइन बसे । उनको पालो आउन दुई जना मात्र बाँकी रहँदा खाजा समय भएको भन्दै कर्मचारी झ्याल बन्द गरेर ४५ मिनेट जति हराए । लाइन छाडौं फेरि सुरुदेखि बस्नुपर्ने बाध्यता, नछाडौं थकाइ लागिसकेको बताउने उनले भुइँमै बसेर लाइन कुरेको सुनाए ।

खाजा समय सकेर कर्मचारी आएपछि उनको त्यहाँको काम सकिन्छ । उनी फेरि राजस्व तिर्न बैंकको लाइनमा बस्छन् । त्यहाँ २० मिनेटजति लाइन बसेपछि एउटा ‘स्लिप’ हातमा पार्छन् । यति पाउन उनलाई पाँच घण्टा बिताउनुपरेको उनको भनाइ छ । ‘लाइसेन्स कहिले आउँछ त रु’ जाने बेलामा उनले कर्मचारीलाई सोधे । ‘६/७ महिनापछि बुझ्न आउनुहोला,’ कर्मचारीले जवाफ फर्काउँछन् ।

लाइसेन्स नवीकरणदेखि अन्य कुनै पनि काम गर्न जाने सेवाग्राहीको पीडादायी यथार्थता हो यो । सेवाग्राहीले एउटै लाइनमा २ घण्टाबढी बस्न बाध्य हुनुपरेको गुनासो गरेका छन् ।

कार्यालय प्रमुख र कर्मचारी सेवाग्राहीप्रति जिम्मेवार नहुँदा एकान्तकुनास्थित यातायात कार्यालयमा मात्र नभएर यातायातका सबै कार्यालयमा उस्तै भीडभाड हुने गरेको छ ।

भनसुन र पहुँचवालाको भने छिनभरमै काम हुनेक्रम अहिले पनि रोकिएको छैन । बिचौलिया काममा संलग्न रहेको भन्दै प्रहरीले एकान्तकुनास्थित कार्यालय परिसरबाट एक दर्जनबढीलाई पक्राउ गरेको थियो । त्यसयता बिचौलियाको केही कमी देखिए पनि कर्मचारी भने सेवाग्राहीप्रति जिम्मेवार नदेखिएको सेवाग्राही बताउँछन् ।

एउटा नवीकरणको काम २० मिनेटमा सक्ने बनाएका छौं स् कार्यालय प्रमुख
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुना ललितपुरका कार्यालय प्रमुख मदनप्रसाद पोखरेलले भने एउटा लाइसेन्स नवीकरण गर्न २० देखि २५ मिनेट मात्र समय लाग्ने दाबी गरेका छन् ।

‘पहिले के कति लाग्थ्यो त्यस’दयगत म जान्दिनँ, अहिले म आएपछि एउटा लाइसेन्स नवीकरणका लागि २० देखि २५ मिनेट मात्र लाग्नेछ,’ उनले राजधानीसँग भने ।

कार्यालय प्रमुख पोखरेलले गाडीको जाँचपास र नामसारीका लागि भने एक–डेढ घण्टा लाग्ने तर अन्य कामका लाागि आधा घण्टाभन्दा बढी कुनुनपर्ने अवस्था रहेको बताए ।

‘कार्यालय वारिपारि रहेका कारण र दरबन्दीनुसार प्राविधिक कर्मचारी सबै नभएकाले गाडीको जाँचपाँच र नामसारीमा अलिक बढी समय लागेको हो, अन्य सेवामा लाइन नै बस्नुपर्ने बाध्यता हटेको छ,’ कार्यालय प्रमुख पोखरेलले भने । आजको राजधानी दैनिकमा समाचार छ ।

९ चैत २०७९, बिहीवार ०७:०० बजे प्रकाशित

NTA long ad