सिंहदरवार अगाडी प्रहरी कुट्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे

आर्थिक सञ्जाल २०७७ जेठ ९ गते शुक्रबार
काठमाडौँ । प्रहरीलाई कुटेको अभियोगमा सिंहदरवार अगाडि प्रदर्शन गर्ने क्रममा पक्राउ परेका चिनियाँ नागरिक छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले पाँच हजार धरौटीमा छाड्न आदेश दिएपछि उनीहरू छुटेका हुन् ।
चिनियाँ नागरिकहरू घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा २६ वैशाखमा पक्राउ परेका थिए ।
नियन्त्रणमा नियन्त्रण लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । त्यस क्रममा सिंहदरवार प्रहरी वृत्तका डिएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए ।