इङवा हाइड्रोपावरको आइपीओ : वैदेशिक रोजगारीमा रहेकाले आजसम्म आवेदन दिन सक्ने, स्थानीयलाई समय थप

काठमाडौं । इङवा हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज चैत ५ गते आइतबारसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ ।
स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत २० गतेसम्म आवेदन दिन सक्नेछन् । तथापि, मागभन्दा बढी आवेदन प्राप्त भएमा सो अगावै निष्कासन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ । यस हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो ।
यस कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १०५ अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर निष्कासन गरेको हो ।
त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १०५ अर्थात १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा आजसम्म आवेदन दिन सक्नेछन् ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
५ चैत २०७९, आइतवार ०७:२८ बजे प्रकाशित