stcnepal long ad
global ime bank long

विद्यार्थी सङ्गठनको आपसी विवादका कारण दस क्याम्पसमा स्ववियु चुनाव नहुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नहुने भएको छ ।

त्रिविले ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियुको निर्वाचन गर्दै छ तर विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो ।

स्ववियुको निर्वाचन गराउने त्रिवि अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार उपत्यकाको त्रिचन्द्र क्याम्पस, रत्नराज्यलक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, केन्द्रीय आयुर्वेद क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ ।

त्यस्तै आङ्गिकअन्तर्गत नै उपत्यकाबाहिरका पोखरास्थित पृथ्वीनारायण क्याम्पस, बागलुङको धौलागिरि बहुमुखी क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा पनि बिहीबार साँझसम्म निर्वाचन प्रक्रिया सुरु भएको छैन । अब ती क्याम्पसमा चैत ५ गते निर्वाचन गर्न मुस्किल हुने निर्देशनालयले जनाएको छ ।

यीमध्ये अधिकांश क्याम्पसमा तालाबन्दी छ । केहीमा निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएपछि प्रक्रिया रोकिएको छ ।

प्रक्रिया रोकिएकामध्ये त्रिचन्द्र क्याम्पसको निर्वाचन समितिले चैत ९ गते मतदान गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेको निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले जारी गर्नुभएको निर्वाचन तालिकामा उल्लेख छ ।

IME Lifesidebar
kumari