citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार प्रसार निषेध

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । आजबाट स्ववियु निर्वाचनका उम्मेदवारहरूले प्रचार प्रसार गर्न पाउने समय मध्यरातिदेखि समाप्त हुने भएको छ ।

उम्मेदवारहरूले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन ।

स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरूमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् ।

himalayan life insurance
igi long