evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

मुलुक कृषिमा परनिर्भर : किसानको साढे ८ अर्ब रोकियो

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । सरकारले उत्पादन बढाउन कृषि आत्मनिर्भर कार्यक्रमका लागि प्रदेश तथा स्थानीय तहमार्फत खर्च गर्ने गरी विनियोजन गरेको साढे ८ अर्ब रूपैयाँरोक्का गरेको छ ।

मुलुकभित्र कृषि उत्पादन नभएर खर्बौं रूपैयाँको कृषिजन्यवस्तु विदेशबाट आयात भइरहेका बेला किसानका लागि पठाएको ८ अर्ब ४५ करोड ७० लाख रूपैयाँ रकम अर्थ मन्त्रालयले रोक्का गरेको हो ।

लक्ष्यअनुसारराजस्व संकलन नभएर खर्च कटौती गरेको अर्थ मन्त्रालयले कृषि उत्पादन बढाउन किसानका लागि पठाएको अनुदानरकमरोकेको हो । यसले कृषि उत्पादनमा प्रभाव परेर कृषिजन्य वस्तुको आयात थप बढ्ने कृषि क्षेत्रका जानकार बताउँछन् ।

कृषि कार्यक्रममा स्थानीय तहलाई पठाएको ससर्त अनुदानको रकम रोक्का भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

अर्थले महालेखा नियन्त्रक कार्यालयलाई बजेटरोक्काराख्न निर्देशन दिएको उक्त मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

himalayan life insurance long ad
igi long