Everest Bank
nabil bank
national life
stcnepal long ad

 आज सङ्घीय संसद्को सभामुखको उम्मेदवारी दर्ता

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशन अनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो।

प्रकाशित कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

प्राप्त प्रस्तावलाई प्रस्तावकले बैठकमा पेस गरेपछि समर्थन गर्ने दलका तर्फबाट सदस्यहरूले समर्थन गर्नेछन्। सबै प्रस्तावमा सोही प्रक्रिया चल्नेछ।

छलफल सकिएपछि निर्वाचनको प्रक्रिया अपनाइनेछ। एक मात्र प्रस्ताव परेको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा (एमाले)ले उम्मेदवार बनाउने निश्चित छ। एमालेले देवराज घिमिरेलाई अघि सार्ने करिब निश्चितजस्तै छ। नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागेको छैन।

एमालेबाट गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रुपन्देहीबाट निर्वाचित छविलाल विश्वकर्मा तथा कास्कीबाट निर्वाचित विद्या भट्टराईको नाम चर्चामा थियो।

४ माघ २०७९, बुधवार ०६:२२ बजे प्रकाशित

stcnepal long ad