adbl long ad
nabil bank
stcnepal long ad
national life

बहराइनको प्रतिष्ठित इसा अवार्डबाट डा. सन्दुक रुइतलाई सम्मान गरिने

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाइ बहराइनको प्रतिष्ठित इसा अवार्डबाट सम्मान गरिने भएको छ । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उहाँलाइ सम्मान गर्न लागिएको हो ।

डा. रुइतले समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान स्वरुप सम्मान गर्ने निर्णय गरिएको सो संस्थाले जनाएको छ । डा. रुइतले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेर हजारौं मानिसहरूलाइ सेवा गर्नुभएको छ ।

अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने बताइएको छ । डा।रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्य श्री अवार्ड पाइसक्नुभएको छ । यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए ।

४ माघ २०७९, बुधवार ०६:३१ बजे प्रकाशित

Election
stcnepal long ad