stcnepal long ad
ime life insurance
global ime bank long

घुस खाने प्राधिकरणका प्राधिकरणका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ २ गते शुक्रबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहाल विरुद्ध विहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा काममा आलटाल गरी सेवाग्राहीसँग रु २० हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो । यसैगरी आयोगले भ्रष्टाचार सम्बन्धी मुद्धामा प्रतिकूल बकपत्र गरी आयोगलाई असहयोग गरेको अभियोगमा बल्थली खानेपानी उपभोक्ता समितिका तत्कालीन अध्यक्ष चेतनाथ भारती विरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

निज समितिको अध्यक्ष हुँदा समितिको नाममा निकास भएको रकमको काम सम्पन्न भई बिल पास गरिदिएबापत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई घुस दिएको उजुरी आफैँले दिएको र सोही प्रकरणको सुनुवाइका क्रममा उनै भारतीले उजुरी व्यहोराविपरित बकपत्र दिएको आयोगले जनाएको छ ।

उक्त अनियमितताको मुख्य अभियुक्त इन्जिनिर खनाललाई निजले घुस लिई भ्रष्टाचार गरेको अभियोगबाट छुटकारा गराउने उद्देश्यले प्रतिकूल बकपत्र गरी असहयोग गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले नेपालमा दर्ता नै नभएका भारतीय कम्पनीबाट उत्पादित औषधि र औषधिजन्य पदार्थको आयातका लागि सिफारिस गरी आयातसमेत गराई भ्रष्टाचार गरेको आरोपमा पशु स्वास्थ्य चिकित्सालय त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा बलराम थापा विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले आफू तथा औषधि व्यवसायीलाई अनुचित लाभ लिन आफ्नो ओहदा, अधिकार र हैसियत दाबी गर्दै नेपालमा दर्ता नभएको कम्पनीबाट ती औषधि आयातका लागि सिफारिस गरेको आयोगले आरोप लगाएको छ ।

अख्तियारद्वारा उपमहानगरपालिकाका कागजात नियन्त्रणमा कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा हानेर कागजात नियन्त्रणमा लिएको छ । धनगढीस्थित ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमिता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले विहीबार छापा हानेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो ।

राहत सामाग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानविन गर्न सबै कागजपत्र नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले बताउनुभयो ।

prabhu mahalaxmi
kumari