stcnepal long ad
ime life insurance
national life
global ime bank long

निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी

मतदाता नामावली संकलन गर्दै आयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगको तयारीअनुसार २५ फागुनभित्रै मुलुकले नयाँ राष्ट्रपति पाउने भएको छ ।

आयोगले राष्ट्रियसभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ माघमा गर्ने र त्यसपछि राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको हो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । सोही अनुसार आयोगले रिक्त स्थानमा उपनिर्वाचन गरेपछि राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी गरेको हो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २ सय ७५ सदस्य, राष्ट्रियसभाका ५९ सदस्य र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कूल ८८४ जना मतदाता हुन्छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

IME Lifesidebar
kumari