stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अनिवार्य अवकास प्राप्त सञ्चार सचिव सुवेदीको बिदाइ

Nimb long ad
Prabhu Insurance Long Ad
national life

आर्थिक सञ्जाल २०७७ जेठ १ गते बिहीबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदी बिदाइ गरिएको छ । विसं २०४१ मा नेपाल सरकारको निजामती सेवाको खरिदार पदबाट सेवा शुरु गर्नुभएका सुवेदीले बुधबार सचिव पदबाट अवकाश प्राप्त गरेका हुन् ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रालयमा आयोजित समारोहमा सचिव सुवेदीलाई मायाको चिनो प्रदान गर्दै सुवेदीले इमान्दार कर्मचारीका रुपमा आफूलाई प्रमाणित गरेको बताए ।

‘यो चुनौतीपूर्ण मन्त्रालय हो, उहाँले जिम्मेवारी राम्रोसँग निर्वाह गर्नुभयो’, सचिव सुवेदीको प्रशंसा गर्दै मन्त्री डा.खतिवडाले भने । निजामती सेवामा काम गर्दा विभिन्न उतारचढाव आइरहने चर्चा गर्दै मन्त्री खतिवडाले त्यसलाई सफलतापूवर्क पार गर्दै अवकाश प्राप्त गर्नुभएकामा सचिव सुवेदीलाई बधाई दिए ।

यस्तै, सचिव सुवेदीले थोरै समयमा उपलब्धिपूर्ण काम गर्ने प्रयास गरिएको बताए । उनले आफूले बनाएका विभिन्न योजना हाल जारी कोरोना भाइरसको सङ्क्रमणका कारण सम्पन्न गर्न नसकेको उल्लेख गरे । ‘समय थोरै थियो, धेरै काम सम्पन्न गर्ने इच्छा हुँदाहुँदै पनि अहिलेको बाधा अड्चनका कारण सकिएन’, उनले भने ।

सुवेदीले निजामती सेवामा झण्डै ३६ वर्ष काम गरे । यस क्रममा उनले विभिन्न मन्त्रालयको सचिव, विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, लोकसेवा आयोगलगायतमा काम गरे । पछिल्लो समय सञ्चार मन्त्रालयको सचिवका रुपमा गत वर्ष मङ्सिरमा उनले जिम्मेवारी सम्हालेका थिए ।

 

prabhu mahalaxmi
kumari