citizens life insurance long ad
stcnepal long ad

धुँवा फाल्ने १३ वटा सवारी साधन कारबाहीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंको कलंकीमा मंगलबार गरिएको विशेष चेकजाँचमा अत्यधिक धुँवा फाल्ने १३ वटा सवारी साधनलाई कारबाहीमा परेका छन्।

अत्यधिक धुँवा फाल्ने १० ओटा पिकअप भ्यान, भाडाको बस, माइक्रो र ट्रक एक–एक गरेर १३ ओटा सवारी साधन कारबाहीमा परेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार मंगलबार मात्र १३ वटा सवारी साधन कारबाहीमा परेका हुन्।

उहाँका अनुसार वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले कलंकीमा ४० ओटा सवारी साधनलाई जाँच गर्दा १३ ओटा कारबाहीमा परेका हुन्।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिनेछ।

IME Life
kumari