stcnepal long ad
ime life insurance
national life
global ime bank long

यी तीन प्रदेशको पहाडी भू–भागमा हिमपातको सम्भावना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश १ को पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

वर्षा र हिमपातको सम्भावना रहेका पहाडी क्षेत्र तथा तराईमा हुस्सु लाग्ने हुँदा तापक्रम क्रमिक रूपमा घट्दै  जाने  संभावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari