बुद्धज्योतिलाई प्राप्तिपछि मिर्मिरे लघुवित्तको नामबाट सेयर सूचीकृत
काठमाडौं । नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साधारण सेयर सूचीकृत भएको छ । बुद्धज्योति लघुवित्त वित्तीय संस्थालाई प्राप्तिपश्चात् कायम हुन आएको ९१ हजार २ सय कित्ता साधारण सेयर मिर्मिरे लघुवित्तको नामबाट सूचीकृत भएको हो ।
बुद्धज्योति लघुवित्तलाई मिर्मिरे लघुवित्तले १ः०.७६ अनुपातमा प्राप्ति गरेको थियो । यो सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
























