stcnepal long ad
ime life insurance
national life
global ime bank long

चिकित्सकलाई पनि लाग्यो चुनाव, ४१ जना चुनावी मैदानमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बिरामीको सेवामा सधैँ तत्पर रहने  चिकित्सकलाई  यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि सोमबार उम्मेदवारी दर्ता भएको छ ।

उक्त दिन विभिन्न पदमा ४१ जनाको उम्मेदवारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत डा. धनबहादुर रानामगरले जानकारी दिए ।

उनका अनुसार अध्यक्षमा डा सन्तोष पौडेल, डा. शिवजीविक्रम सिलवाल र डा. अनिलविक्रम कार्की तथा महासचिवमा डा. सञ्जीव तिवारी, डा. रक्षा श्रेष्ठ र डा. अमृत भुसालको उम्मेदवारी परेको छ ।

एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक एक जनाको दरले सातजना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छ जना सदस्य गरी १९ जनाको पदाधिकारीको निर्वाचन हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।

उनका अनुसार वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सहसचिव र सहकोषाध्यक्षमा एकजना मात्र उम्मेदवारको मनोनयन परेको छ । उपत्यकाबाहिर माघ ६ र ७ गते र काठमाडौँ उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन हुँदैछ ।

चिकित्सकको समय व्यवस्थापन गर्नका लागि उपत्यकाबाहिर दुई दिन र उपत्यकामा तीन दिन निर्वाचनको मिति तय गरिएको बताइएको छ । निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना रहेका छन् ।

IME Lifesidebar
kumari