stcnepal long ad
global ime bank long

फागुन १४ मा स्ववियू निर्वाचन गर्न मागसहित नेरास्ववियूको ज्ञापनपत्र

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) केन्द्रीय कमिटीले आगामी १४ फागुनमा त्रिविका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियू०को निर्वाचन गराउन माग गर्दै उपकुलपति डा। धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ ।

अनेरास्ववियू केन्द्रीय कमिटीकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले मंगलबार उपकुलपतिको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।

सो क्रममा उनीहरूले त्रिविका क्याम्पसहरूमा स्ववियू निर्वाचन निरन्तर नहुँदा विभिन्न कालखण्डमा विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धी नै गुम्ने अवस्थामा पुगेको बताएका छन् । निर्धारित समयमा स्ववियू निर्वाचन नभए अनेरास्ववियू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

IME Lifesidebar
kumari