stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जाजरकोटको छेडागाडमा जिप दुर्घटना, ११ जनाको मृत्यु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

जाजरकोट । पश्चिम जाजरकोटको छेडागाडमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।दशेराको जेवाबाट लेवा जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जिप आज छेडागाड नगरपालिका–४, भीरबाटी भन्ने ठाँउमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा जिप चालक दैलेख भगवतीमाई गाउँपालिका(२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का, जाजरकोटकै छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मरबहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढा रहेका प्रहरीले जनाएको छ ।

उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो भने २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा छेडागाड नगरपालिका–२ का जयनाथ अधिकारी गम्भीर घाइते भएका छन् ।

prabhu mahalaxmi
kumari