citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

लोमसको ‘ह्याण्ड-एक्स’ ह्याण्ड स्यानिटाईजर ५ सय एमएलको बोतलमा पनि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार

काठमाडौं । औषधि उत्पादक कम्पनी लोमस फार्मास्युटिकलले ५ सय १५ रुपैयाँमा ५ सय एमएलको बोतलमा ‘ह्यान्ड–एक्स’ ह्यान्ड स्यानिटाइजर  बजारमा ल्याएको छ । विगत तीन दशकदेखि औषधि उत्पादन गर्दै आएको लोमसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन प्रयोग गरिने स्यानिटाइजर स्वदेशमा नै उत्पादन गर्ने उद्देश्यले उत्पादन थालेको हो ।

सुरुमा कम्पनीले १ सय एमएलको बोतलमा स्यानिटाइजर बजारमा ल्याएको थियो । उपभोक्ताको सन्तुष्टि र बजारको बढ्दो मागलाई ध्यानमा राखेर ५ सय एमएलको बोतलमा पनि उत्पादन गरेर बजारमा पठाइएको कम्पनीका प्रवन्धक प्रनबजंग पाण्डेले जानकारी दिए । उनले ह्यान्ड स्यानिटाइजर नेपाल सरकारको अनुमति तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गरेको बताए । यो स्यानिटाइजर सबै औषधि पसल तथा डिपार्टमेन्टल स्टोरहरूमा पाइने जानकारी पाण्डे दिए ।

 

gold
himalayan life insurance long ad
kumari bank