stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अजोड इन्स्योरेन्सको नाफा ३५ प्रतिशत बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार

काठमाडौं । अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३ करोड ५१ लाख खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसमम रू. २ करोड ६० लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ३५ प्रतिशत बढी भएको हो ।

बुधवार सार्वजनिक भएको कम्पनीको वित्तीय विवरण अनुसार यस वर्ष रू. ६० करोड ६३ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्षको तेस्रो त्रैमासभन्दा यस वर्ष कम्पनीले १४२ प्रतिशत बढी बीमाशुल्क आर्जन गरेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २५ करोड ४ लाखमात्र बीमाशुल्क आर्जन गरेको थियो ।

बीमाशुल्क आर्जन बढ्दै गएकाले आगामी दिनहरुमा व्यवासायिक विविधिकरण गरी गुणस्तरिय ग्राहकमुखी नयाँ सुविधा शुरू गरी अझ वित्तीय रूपमा सबल बनाउने योजना कम्पनीको रहेको छ । हाल रू. ७० करोड चुक्तापूँजी रहेको यस कम्पनीले बीमा समितिबाट रू. १ अर्ब चुक्तापूँजी कायम गर्न सर्वसाधारणमा आईपीओ जारी गर्ने गरी स्वीकृति पाएको हो । २०७५ असार २१ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

नयाँ निर्जिवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीमा तेस्रो त्रैमाससम्म ७० हजार ४०० बीमालेख कायम रहेको छ । यस अवधिसम्म कम्पनीले २ हजार ३६८ बीमालेख नबिकरण गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले ५१ प्रतिशत बढी दाबी भुक्तानी गरेको छ । गत वर्षको तेस्रो त्रैमाससम्म १२० जनालाई रू. ११ करोड ३ लाख दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष १ हजार ५६८ जनालाई रू. १६ करोड ६८ लाख दाबी भुक्तानी गरेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्र्थ रू. ११२ दशमलव ४६ छ । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा ६८ प्रतिशत बढी रू. ३ करोड ३३ लाख रहेको छ । गत वर्ष यस अवधिसम्म यो रकम रू. १ करोड ९८ लाख थियो । बीमाकोष रकम पनि १४ प्रतिशत बढाएर रू. ४ करोड ८१ लाख पु¥याएको छ ।

prabhu mahalaxmi
kumari