stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एमबिबिएस २०७९ भर्ना कार्यक्रममा चलखेल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिकित्सा शिक्षा अध्ययन अन्तर्गत यस वर्षको एमबिबिएसको भर्नामा विभिन्न व्याक्तिहरूले मोटो रकम लिएर चिकित्सा शिक्षा आयोगको म्याचिङ पद्वति बाहिर गहेर काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजहरूमा भर्ना गराउने चलखेल आयोग र केही मेडिकल कलेजका उच्च अधिकारीहरूले चलखेल सुरू गरेका छन।

समाचार स्रोतका अनुसार श्यामकृष्ण लामिछाने,सुरेश र रामकृष्ण भन्ने व्याक्तिहरूले आयोगको म्याचिङ पद्वति बाहिर गएर विद्यार्थी भर्ना गर्ने चलखेल गरि लाखौ कमाउने धन्दा सुरू गरेका छन।

विद्यार्थीहरूलाई आयोगबाट तोकिएको मेडिकल कलेजमा भर्ना हुन नदिइ अनेकौं चलखेल गरि अपायक मेडिकल कलेजमा र उनीहरूले भर्ना हुन चाहेको भन्दा बाहिरका कलेजमा एमबीबीएस भर्ना गराउने चलखेल श्यामकृष्ण लामिछाने,सुरेश र रामकृष्ण जस्ता शैक्षिक दलाल र माफियाहरूले गरिरहेका छन।

यस्तो कार्य गर्ने गराउने दलाल,शैक्षिक दलाल,माफिया,अभिभावक र सम्लग्न व्याक्तिहरूलाई सम्बन्धित निकायले छानवीन गरि दोषिलाई कारवाही र विद्यार्थी र अभिभावकलाई सचेत र सजग बनाई आगामी दिनमा चिकित्सा शिक्षा एमबीबीएस अध्ययनको भर्नालाई अझ निष्पक्ष,न्यायिक,प्रतिस्पर्धी, समावेशी र व्यवसायिक बनाउन सबैले आआफ्नो ठाउँबाट भुमिका खेल्नु पर्ने आवश्यकता छ।

prabhu mahalaxmi
kumari