citizens life insurance long ad
stcnepal long ad

भक्तपुरमा आगलागी, एक जनाको मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर । भक्तपुर भक्तपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं‍। ६ राइटोल नजिकै बुधबार बिहान आगलागी हुँदा १ जनाको
ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डे पुष्टि गर्नुभयो ।

उहाँका अनुसार ज्यान गुमाउनेमा २५ वर्षकी अस्मिता केसी रहेकी छन् । उहाँले भन्नुभयो,’आत्मराम केसी र हरिशरण केसीको ३ तल्ले कच्ची घरमा आगलागी भएको हो।’

सुस्तमनस्थिति र प्यारालाइसिसबाट समेत ग्रस्त अस्मिता घरभित्रै जलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आगलागीमा ज्यान गुमाउने अस्मिता आत्मरामकी छोरी हुन् ।

IME Life
kumari