stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बुद्ध एयरले पोखरा विमानस्थलबाट बनारसमा सिधा उडान गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बुद्ध एयरले निर्माणको अन्तिम चरणमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बनारस सिधा उडान गर्ने घोषणा गरेको छ ।

पोखरा विमानस्थल सञ्चालनमा आएपछि बनारस सिधा उडान गर्ने घोषण कम्पनीले सोमबार गरेको हो । सरकारले १ जनवरी २०२३ देखि यो विमानस्थल सञ्चालनमा ल्याउने घोषणा यसअघि नै गरिसकेको छ ।

कम्पनीका अनुसार यो पोखरा–बनारसमा साताको तीन (आइतबार, मंगलबार र बिहीबार) उडान हुने छ । बुद्धले अहिले काठमाडौं–बनारस रुटमा उडान गरिरहेको छ ।

यस्तै बुद्ध एयरका अनुसार पोखरा विमानस्थलबाट भारतका थप दुई विमानस्थलमा उडान विस्तारको योजना छ ।

एयर ट्राफिक सर्भिस रुटका लागि नेपाल सरकारले भारतीय सरकारसँग पहल गरिरहेका कारण स्लट  र  रुट स्वीकृत हुनासाथ पोखरा–दिल्ली र पोखरा–देहरादुन रुटमा बुद्धले उडान गर्ने भएको छ ।

यी दुवै गन्तव्यमा सातामा क्रमशः २ र ३ दिन उडान गर्ने बुद्ध एयरले जानकारी गराएको छ । यी रुटका लागि यथाशीघ्र प्रक्रिया अगाडि बढाइने बुद्ध एयरले जनाएको छ ।

prabhu mahalaxmi
kumari