stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागरिक लगानी कोषले मुद्दती निक्षेपमा लगानी गर्नको लागी वाणिज्य बैंकहरुसँग प्रस्ताव आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौं । नागरिक लगानी कोषले १४ अर्ब रुपैयाँभन्दा बढी रकम मुद्दती निक्षेपमा लगानी गर्नको लागी वाणिज्य बैंकहरुसँग प्रस्ताव आह्वान गरेको छ ।

कोषले सार्वजनिक सूचना प्रकाशन गर्दै क वर्गका वाणिज्य बैंकहरुसँग एक वर्षे अवधिको मुद्दती निक्षेप स्वीकार्नको लागी शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ । कोषले १४ अर्ब ६८ करोड ११ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

मुद्दती निक्षेप स्वीकार्न चाहने वाणिज्य बैंकहरुलाई कात्तिक ३० गते दिउँसो २ बजेसम्ममा लाहाछाप सहितको शिलबन्दी प्रस्ताव कोषको प्रधान कार्यालयमा दर्ता गर्न कोषले आग्रह गरेको छ ।

बै‌ंक तथा वित्तीय स‌ंस्थाहरूमा लामो समयदेखि तरलताको अभाव भइरहेका बेला बैंकिङ प्रणालीमा सर्वसाधारणको निक्षेप फर्किने क्रम शुरू भएको छ ।

साथै नागरिक लगानी कोषलगायत संस्थागत निक्षेपकर्ताबाट ठूलो रकम मुद्दती निक्षेपवापत प्राप्त हुँदा वाणिज्य बैंकहरूलाई राहत मिल्नेछ ।

prabhu mahalaxmi
kumari