sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

भन्सार छलि चोरी पैठारी गरी ल्याएको सवारी साधन सहित पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भन्सार छलि चोरी पैठारी गरी ल्याएको २ थान सवारी साधन सहित भक्तपुर सूर्यविनायक नगरपालिका–९ पलासे ठेगाना भएका २६ वर्षीय रविन ओझालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्रि गर्ने उद्देश्यले राखिएको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सोही नगरपालिका–९ पलासेबाट टोएटा कम्पनीको कार १ थान र सोही नगरपालिका–८ आदर्शचोकबाट फोर्ड कम्पनीको जिप १ थान सहित उनलाई पक्राउ गरेको हो ।

उनलाई बरामद सवारी साधन सहित आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको छ ।

prabhu bank
nawakantipur long