डलरको भाउ बिहीबार कति ?

आर्थिक सञ्जाल २०७७ वैशाख १८ गते बिहीबार
काठमाडौं । बिहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १२० रुपैयाँ ८१ पैसा र बिक्री दर १२१ रुपैयाँ ४१ पैसा तोकिएको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा अडिइरहेको छ । विश्व अर्थतन्त्र कोरोना प्रभाव पर्दा लगानीकर्ताको ध्यान डलरमा गएको हो । भारतीय रुपैयाँ कमजोर बनेको छ । यसले पनि नेपालमा पनि डलरको भाउ उच्च विन्दुमा रहन सहयोग पुर्याएको देखिन्छ ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको सटही दर समेत कमजोर भएको हो । विश्व बजारमा पेट्रोलियम पदार्थ, सेयर बजार पनि माथि उठ्न सकेका छैनन् । लगानीकर्ताहरु सुन र डलरमा आकर्षित भएका छन् ।