citizens life insurance long ad
stcnepal long ad

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कामरु कन्स्ट्रक्सन प्रालिका संचालक नुवाकोट बेलकोटगढी नगरपालिका(६ का भएका ५१ वर्षीय राममणी दहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले धादिङको गल्छीबाट पक्राउ गरेको हो ।

कामरु कन्स्ट्रक्सन प्रालिका संचालक दहालले २०७७ मंसिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।

उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ ।

IME Life
kumari