citizens life insurance long ad
stcnepal long ad

नेवाः देय् दबूको १३ बुँदे साझा मुद्दा सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आम निर्वाचन अन्तर्गतको बाग्मती प्रदेशसभा सदस्य निर्वाचनका लागि नेवाः समुदायले तयार गरेको १३ वटा बुँदासहितको पत्र सबै राजनीतिक दलका बाग्मती प्रदेश समिति र सबै उम्मेदवारलाई दिने घोषणा गरेको छ ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेश र बाग्मती प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा घोषणा गरेको हो ।

सो संस्थाको स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाःहरुको तर्फबाट तयार गरेको १३ बुँदे साझा मुद्दा सार्वजनिक गर्नुहुँदै सो कुरा बताउनुभएको हो।

उहाँले बाग्मती प्रदेशमा भाषा आयोगको सिफारिसअनुसार नेपालभाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा लागू गर्नुपर्ने, नेवाः बाहुल्य भएको क्षेत्रलाई स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र घोषणा गर्नुपर्ने, प्रादेशिक भाषाको हिसाबले १२ कक्षासम्म नेपालभाषा र तामाङ भााषामध्ये एकलाई एेच्छिक वा अनिवार्य विषयको रुपमा समावेश गर्नुपर्ने लगायतका मुद्दा रहेको बताउनुभयो ।

यस्तै, दबूका बाग्मती प्रदेश समितिका अध्यक्ष विष्णुगोपाल महर्जनद्वारा बुधबार जारी गरिएको विज्ञप्ति अनुसार  नेवाःहरुको प्रथाजन्य संस्था गुठीलाई कानुनी मान्यता दिनुपर्ने माग राखिएको छ ।

IME Life
kumari