citizens life insurance long ad
stcnepal long ad

“भारतमा हुने अन्तर्राष्ट्रिय ज्वेलरी शोमा महासंघलाई निमन्त्रणा”

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको छिमेकी राष्ट्र भारत सरकारको वाणिज्य मंत्रालय अन्तर्गत सन् १९६६ मा स्थापित जेम एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिलका प्रतिनिधिमण्डल भारतमा वर्षेनी आयोजना हुने “भारत अन्तर्राष्ट्रिय ज्वेलरी शो” मा महासंघको तर्फबाट डेलिगेशन सहित अवलोकनको लागि निमन्त्रणा दिन आज काठमाडौं आउनुभएको हो ।

काउन्सिलका तर्फबाट आउनु भएका प्रतिनिधि वरिष्ठ प्रदर्शनी प्रवन्धक  अजय पुरोहितद्वारा महासंघका अध्यक्ष सुरेशमान श्रेष्ठलाई निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो र अध्यक्ष श्रेष्ठद्वारा निमन्त्रणालाई स्वीकार गर्दै आयोजकलाई धन्यवाद दिँदै महासंघको तर्फबाट पदाधिकारी साथै सुनचाँदी व्यवसायी सहित सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

क्रममा अध्यक्ष श्रेष्ठद्वारा नेपाल – भारतका सुनचाँदी व्यवसायीको आपसी सम्बन्ध विस्तार गर्न २०७० चैत ९ गते यस महासंघ र काउन्सील बीच भएको समझदारीलाई स्मरण गर्दै नेपाल ज्वेलरी उद्योगको प्रवद्र्धनका लागि भएका सहमतिका बिषयमा छलफल गर्नुभएको होे ।

वर्षेनी आयोजन हुने उक्त शोहरुमा महासंघको सक्रिय सहभागिता रहदैं आईरहेको छ । यस अन्तर्राष्ट्रिय मेला मार्फत खास गरी हामीले हाम्रो मौलिक गहनाको अन्तर्राष्ट्रिय बजारिकरण, बजार पहुँच लगायत व्यवसायिक सम्बन्धलाई सुदृढ बनाउन यो भम्रण सार्थक रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

साथै मेलामा महासंघको तर्फबाट वर्षेनी रुपमा सहभागिता जनाई साथ र सहयोग गर्नुभएकोमा काउन्सीलका वर्तमान अध्यक्ष  विपुल साहद्वारा हार्दिक कृतज्ञता सहित सन्देश पठाउनु भएको प्रतिनिधि वरिष्ठ प्रदर्शनी प्रवन्धक श्री अजय पुरोहितद्वारा अवगत गराउनु भयो ।

उक्त शो आगामी २०७९ पुस २१ देखि २५ गते सम्ममा भारतको मुम्बाई सहरमा हुनेछ ।
शोमा लगभग २५०० वटा वुथ हुने जस्मा सुन चाँदीका गरगहना, हिरा, रत्न, पत्थर तथा ज्वेलरी, मेसिनरी लगायत छुटा–छ्टै प्याविलोन गरी १३०० प्रदर्शकहरुले आ–आफ्ना गहना एवं सामानहरुको प्रदर्शनी गर्नेछन् ।

साथै उक्त शोमा भारतका स्थानिय व्यापारीहरुसंग प्रत्यक्ष व्यवसायीक छलफल समेत गर्ने अवसर मिल्नेछ ।

 

IME Life
kumari